अर्थमन्त्री

Naresh Ale Avatar

अर्थमन्त्री डाक्टर रामशरण महतले भूकम्पपछि तहसनहस भएको आर्थिक क्षेत्र बिस्तारै माथि उठ्ने बिश्वास व्यक्त गर्नुभएको छ। नेपाल ईकोनोमि एशोसियसनले सोमबार काठमाढौमा गरेको कार्यक्रममा उहाले बिस्तारै नेपालको आर्थिक क्षेत्र माथि उठ्ने र लगानीको वाताबरण निर्माण हुने बिश्वास व्यक्त गर्नुभएको हो।

उहाले तातोपानी लगाएत बिभिन्न नाकाहरु समेत भूकम्पका कारण ठप्प भएकाले यसले राजश्वमा असर पुगेको बताउनुभयो। नेपालको ठूलो व्यापारिक नाका बिरगंज भन्सारबाट पनि सोचेजस्तो राजस्व उठ्न नसकेको उहाको भनाई छ।

मन्त्री महत्तले बिस्तारै अबरुद्ध नाकाहरु खुलाउने प्रयास भईरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरिन्जीवी नेपालले भूकम्पका कारण बैंकहरु निकै नै धरासयी भने नभएको बताउनुभयो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories