अमेरिकी टोली प्रधानमन्त्री भेट

Naresh Ale Avatar

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ।

मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर ओबामाको सन्देश दिनुभएको हो। देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस भनी कामना गर्नुभएको थियो। भेटघाटका क्रममा तीन दिनदेखि हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका विषयमा पनि कुराकानी भएको र खोजीका लागि भएका सबै प्रयासका बारेमा अवगत गराइएको थियो। भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले सहायकमन्त्री देसाइँले दुःखको अवस्थामा नेपालको प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताएको जानकारी दिनुभयो ।

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाललाई प्राप्त भएको सहयोगको प्रसंसा गर्नुभएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी पनि उपस्थित थियो ।

} else {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories