अनुगमन समिति

Naresh Ale Avatar

विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कामको अनुगमन गरेको छ। १२ गते गएको भूकम्प र त्यसपछि आएका पराकम्पनको धक्काले सर्वसाधारणमा पुर्याएको क्षति र पिडितहरुको स्वास्थ्य उपचारका बारेमा गरेका कामहरु र उपलब्ध सेवाहरुका बारेमा समितिले जानकारी लिएको हो। समिति सभापति सुवास चन्द्र नेम्वाङको नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुसंग अनुगमन सहित सेवा सुविधा र सरकारले गर्नु पर्ने कामहरुका बारेमा जानकारी लिएका थिए।

मन्त्रालयका कामकारवाहीका बिषयमा जानकारी गराउदै मन्त्रालयका सचिव सान्तराज श्रेष्ठले सेवामा कुनैपनि कमि नल्याएको बताउनु भयो। उहाँले भुकम्पले देशका बिभिन्न स्थानमा गरि ४ सय स्वास्थ्य सस्था क्षति ग्रस्त भएको र ५ सय स्वास्थ्य सस्थामा काम गर्न नमिल्ने गरि क्षति पुगेको जानकारी सेमत दिनुभयो। उहाँले टोलिमाथि स्वास्थ्यकर्मीहरुले आम नागरीकमाथी पुर्याएको सेवाको राज्यले मुल्याङ्कन गरे उनीहरुमाथि काम गर्ने मनोबल थप बढ्ने उल्लेख गर्नुभयो। समिति सभापति सुवास चन्द्र नेम्वाङ्ले विपतका बेला पनि भवन बाहिर बसेर मन्त्रालयले नागरीकमाथी पुर्याएको स्वास्थ्य सेवाको खुलेर प्रसंसा गर्नु भयो। उहाँले सरकारले गर्ने सहयोग भए भन्न पनि मन्त्रालय समक्ष आग्रह गर्नु भयो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories