हिमाली भेगमा अझै सम्म पनि सरकारको राहत पुग्न नसकेको भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नौ बुँदे ध्यानकर्षण पत्र बुझाइएको हो। एकीकृत माओवादी सभासद ल्यारक्याल लामाको नेतृत्वमा गएको एक टोलीले हिमाली भेगमा अझैसम्म पनि राहत पुग्न नसकेको बताए।

उनीहरुको ध्यानकर्षपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले हिमाली भेगमा राहत पुग्न नसक्नुको बारेमा आफुले पहिला बुझ्ने बताउनुभयो। कोइरालाले हिमाली भेगमा पनि हेलीकोप्टर मार्फत राहत पठाउन आफुले पहिल्यै निर्देशन दिएको बताउँदै राहत पुगे नपुगेको बारे पहिला आफुले बुझ्ने बताउनुभएको हो। उहाले सबै तीरका जनताले समान राहत पाउनुपर्ने बताउँदै त्यसकालागि आफुले विशेष पहल थाल्ने समेत उल्लेख गर्नुभयो। एक टोलीले भूकम्पबाट भत्कीएका गुम्वा मठमन्दिरहरुको पनि निर्माण कार्य सुरु गर्नुपर्ने जनाएको छ।

if (document.currentScript) {