काठमाडौंमा शनिबार साँझ ठूलो हावाहुरीसँगै पानी परेको छ। एक्कासि मौसममा आएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ।मौसमविदका अनुसार धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको हो। ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ। उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ। त्यस्तै सानोभर्याङमा रुखले किचेर मोटरसाईकलमा सवार एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

}