स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सुुर्तिजन्य पदार्थमा अबैध व्यापार मौलाएको बताउनु भएको छ। विश्व ध्रुम्रपान तथा सूर्ति रहित दिवसका अवसरमा आइतबार काठमाण्डौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सूर्तिजन्य पदार्थको अबैध व्यापार मौलाएको र त्यसलाई न्युनिकरण गर्न चुनौति रहेको समेत औल्याउनु भयो। अधिकासं जिल्लाहरुमा उत्पादकको इजाजतनै नलिइ सूतिजन्य पदार्थको उत्पादन गरेको औल्याउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले काठको धुलो हालेर व्यापार गर्ने व्यपारीहरुलाई सरकारले अब नछाड्ने र अपराधिहरुको दवावमा आफु नपर्ने पनि स्पष्ट पार्नु भयो।

विश्वमा सूर्तिजन्य पदार्थको सेवनकै कारण प्रत्येक बर्ष ६० लाख मानीसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङक छ। सूर्तिजन्य पदार्थको अबैध व्यापार रोकौं भन्ने नाराका साथ नेपालमा विश्व ध्रुम्रपान तथा सूर्ति रहित दिवस मनाईको छ।