नेपालका हास्य कलाकारहरु र सगुन नामक सस्थाले काठमाडौ नजिकैको जिल्ला नुवाकोटको एक गाबिसमा बिद्यालय निर्माण गरेका छन्। उनीहरुले चार दिनको प्रयासमा नुवाकोटको ओखर पौवा , ५ ठूले चित्रेमा बिद्यालय निर्माण गरेका हुन् । नेवालमा आएको भूकम्पका कारण श्री महाकाली निम्न माध्यामिक बिद्यालय पूर्ण रुपमा क्षती भएपछि त्यस नजिकै अस्थाइ स्कुल निमाृण गरिदिएका हुन्।

अस्थायी बिद्यालय निर्माण भएपछि त्यहा अध्ययन गरिरहेका दुई सय पचास बिद्यार्थी लाभान्वीत भएका छन्। उक्त बिद्यालयको सुभारम्भ गर्दे हास्य कलाकारहरु र सगुन नामक सस्था बिद्यार्थीहरुलाई पुस्तक र स्कुले झोला पनि बितरण गरिएको छ। बिद्यार्थीहरुको पठनपाठन गर्न पाउनुपर्ने अधिकारलाई सुनिश्चीत गर्नका लागी बिद्यालय पुर्ननिर्माण कार्यमा लागेको सगुन संस्थाका प्रतिनिधी एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिबाकोटीले जानकारी दिनुभयो। सरकारले भूकम्प प्रभावित स्थानमा आगामी १७ गतेदेखि पठन पाठन सुरु गर्ने भनेपनि उक्त बिद्यालयमा सोमबार देखि नै पठन पाठन सुरु गरिएको छ। कलाकारहरुले पढाएपछि बिद्याथीहरु उत्साहित भएका थिए।

} else {