धादिङमा गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि क्षतिग्रस्त विद्यालयहरुमा कक्षा संचालन गर्नको लागि जस्तापाता सहयोग गरिएको छ। भुकम्पबाट अति प्र्रभावित जिल्लाको रुपमा रहेको धादिङको २ वटा गाउँ विकास समितिका विद्यालयहरुलाइ रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलाको पहलमा जस्तापाता सहयोग गरिएको हो।

एन आर एन दक्षिण कोरियाको सहयोगमा प्राप्त भएको ६५ बण्डल जस्तापाता जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाललाइ हस्तान्तरण गरिएको हो । जस्तापाता हस्तान्तरण गरिएका विद्यालयहरुमा ज्यामरुङको अन्नपुर्ण प्रा वि, गोलाभन्ज्याङ प्रावि, कुमारीदेवि मावि, चण्डेश्वरी मावि, स्थानापति मावि र शङखादेवि उच्च माद्यमिक विद्यालयलाइ प्रतिविद्यालय ६ वण्डलका दरले तथा जनभावना निम्न माद्यमिक विद्यालयलाइ ४ वण्डल जस्ता हस्तान्तरण गरिएको छ। त्यसैगरि साङकोषमा रहेको मनरुपी माद्यमिक विद्यालयलाइ पनि २५ वण्डल जस्तापाता हस्तान्तरण गरिएको छ।

जस्तापाता हस्तान्तरण गर्दै रिपोर्टस क्लवका अध्यक्ष धमलाले विदेशमा रहेका नेपालीहरुले अहिले यो विपत्तीमा गरेको सहयोगको प्रशंशा गर्दे अहिले प्रदान गरिएको जस्तापाता सुरुवाती मात्रै भएको र आगामी दिनमा जिल्लाभरिका विद्यालयहरुलाइ जस्तापाता सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

} else {