संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले संविधान लेखनके बाटो खुलेको बताउनुभएको छ। मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबारमा संञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले लामो समयदेखि मिल्न नसकेको संविधानको विवादति विषयमा प्रमुख चार राजनीतिक दलबीच भएको सहमतिले संविधान लेखनको बाटो खुलेको बताउनुभएको हो। सुवासचन्द्र नेम्वाङ, अध्यक्ष, संविधानसभा उहाँले आजको संविधानसभा बैठक अगाडी शीर्ष नेताहरु सँग भएको भेटमा बिहिबार सम्म संवाद समितिले सहमतिको प्रतिवेदन संविधान सभामा पेस गर्ने, समितिको प्रतिवेदनमाथी छलफल गरी मस्यौदा समितिमा पठाउने र मस्यौदा समितिले १५ दिन भित्र संविधानसभामा मस्यौदा पेस गर्ने विषयमा छलफल भएको जनकारी दिनुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);