सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भूकम्प पीडितहरुका लागि घर बनाउने घोषणा गर्नुभएको छ । कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गर्नुभएको हो । आफ्नै खर्चमा भूकम्प पीडितका लागि घर निर्माण गर्ने तयारी सुरु गरेको सुजाताको भनाई छ ।