सिन्धुपाल्चोकको अरनिको राजमार्ग स्थित सुकुटे बजार र कालिका जोड्ने पुल निर्माण कार्य सम्पन्न हुनअघि नै सञ्चालनमा आएको छ। भूकम्पपछि राहत र उद्धारका लागी सहज हुने भन्दै उक्त पुल सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएपछि ठोकर्पा, कालिका गाविसलगायत आसपास गरि १६ हजार बढी जनता लाभाविन्त भउका छन्।

निर्माण सुरु गरेको २ वर्षभित्र बनिसक्नु पर्ने पुल चार वर्ष बितिसक्दा पनि अझै निर्माण कार्य भने पुरा हुन सकेको छैन। सभासद मोहन बस्नेतले पुनमा आवतजातव गर्न सहज हुने भएकाले सञ्चालनमा ल्याईएको बताउनुभयो। ठोकर्पा र कालिकाका बासिन्दाले चौतारा, काठमाडौ या अन्य ठाउँमा जाँदा सुकुटेसम्म एउटा गाडीमा र त्यसपछि झोलुङ्गे पूल तरेर अर्को गाडीमा जाने गरेका थिए।

}