कर्णाली छलफल विज्ञहरुले कर्णाली क्षेत्रमा आएको वजेट सहिढंगमा सदुपयोग नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी कार्यलय वालुवाटारमा बसेको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला सभाको तेस्रो बैठकमा कर्णलीको नाममा आएको बजेटको सहि सदुपयोग भए मात्र उक्त क्षेत्रको बिकास हुने विज्ञहरुले धारण राखेका छन्। प्रधानमन्त्री सिनेटको कुलपति हुने प्रावधान रहेको उक्त सभामा चालु आर्थिक बर्षको बजेट पेश गरिएको छ। नेपालको पिछडिएको क्षेत्रमा सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पहुच पु¥याउन तथा स्वास्थ्य विज्ञान क्षेत्रमा उच्च स्तरिय अनुसन्धान गरि विज्ञ उत्पादन गर्न कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन भएको हो।

}