डाक्टर सिके राउतले मुलुकलाई क्षेत्रीयता र साम्प्रादायिक बिखण्डन तर्फ ढकेल्ने अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सरोकार मञ्च नेपाल लगाएतका संघ संस्थाले कारवाही गर्न माग गरेको छ। सोमबार काठमाडौमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै ती संघसंस्थाहरुले राउतलाई कारवाहीको माग गरेका हुन्। राउतले बिगत लामो समयदेखि देशको राष्ट्रियता, अखण्डता तथा साम्प्रादायक सद्भाव जस्ता संवेदनशील बिषयमा खलल पुग्ने अभिव्यक्ती गर्दा पनि राज्यले बारम्बार पक्राउ गर्दे र छाड्ने गरेको कार्यप्रति पनि मञ्चले आपती जनाएको छ। मञ्चले सिंके राउतको बिरोधमा केहिबेर प्रशासन कार्यालयमा प्लेकार्ड सहित धर्ना समेत दिएको थियो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);