चार मधेसवादी सहित पाँच साना दलले संविधानसभा बैठक बहिस्कार गरेका छन्। पाँच दलको तर्फबाट उपेन्द्र यादवले बोलेपछि ती दलका सभासद बैठक छाडेर बाहिरिएका थिए। बहिस्कार गर्नेमा मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तमलोपा नेपाल, तपसपा र संघीय समाजवादी पार्टी छन्। यसअघि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलको १६ बुँदे सम्झौता अनुसार बन्ने संविधान मधेसले स्वीकार नगर्ने बताउनुभएको थियो।

if (document.currentScript) {