प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताउनुभएको छ। बिहीबार प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण अनियमितता जस्तो घृणित कार्य हुन नदिने पनि बताउनुभयो।

उहाँले राहत रकम र राहत सामग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने काम गर्न नदिने उहाको भनाई छ। प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरेको बताउनुभयो।

उक्त कार्यक्रममा ग्यास बिक्रेता महासङ्घले रु तीन लाख तीन हजार प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ। त्यस्तै कृषि विकास बैंकमा कार्यरत नेपाल वित्तीय कर्मचारी सङ्घले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार प्रदान गरेको छ।

}