फोरम लोकतान्त्रीकका सभासद पवन कुमार सार्दाले सभासद भएदेखिको तलव भत्ता सबै प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गर्नुभएको छ।

शुक्रबार बिहान उहाले प्रधानमन्त्री सुशील कोईरालालाई आफ्नो तलव भत्ता सहितको करिव ११ लाख ३६ हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो। उहाले सभासद भए यता बैंकमा जम्मा भएको रकम र व्याज समेत प्रदान गरिएको जानकारी दिनुभयो। मोरङ व्यापार संघको अध्यक्ष समेत रहनुभएका उहाले बिभिन्न स्थानको भ्रमण गर्दे राहत बितरण समेत गरेको जानकारी दिनुभयो।

मुलुकलाई कष्ट पर्दा राज्यबाट प्राप्त भएको रकम राज्यलाई नै खर्च गर्न पाउदा गर्व महशुस भएको उहाको भनाई छ। यसअघि केहि सभासदहरुले पनि राज्यबाट प्राप्त भएको तलव भत्ता प्रधानमन्त्री कोषमा जम्मा गरेका थिए।