सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले अब राहत वितरण गर्दै सामान्य जीवन तर्फ फर्किनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ। शिवदर्शन डिजिटल प्रालीले तयार पारेको गायक विदुर घिमिरेको मनको मलम बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गर्दै उहाले सबै सार्वजनिक जीवनमा फर्किने हो भने राहतको काम अझै प्रभावकारी भएर पीडितको पीडामा मल्हम लगाउन सकिने विश्वास ब्यक्त गर्नुभयो। मन्त्री रिजालले विनासअघिको अवस्थाभन्दा पनि बलियो राष्ट्र बनाउने आत्म विश्वास लिएर फर्किनु पर्ने धारणा राख्दै सरकार अहिले जनजीवन सामान्य बनाउन केन्द्रीत रहेको बताउनुभयो। उहाले भुकम्प अघिको मुलुक, भुकम्प पछिको मुलुक र पुर्न्निर्माणको भावना समेटिएको मनको मलम गितको म्यूजिक भिडियोले यो पीडाको बेला सकारात्मक सन्देश दिने भन्दै यस्ता सामग्रीहरुको प्रसारमा जोड दिनुभयो।

} else {