काठमाडौं – नेकपा (एमाले) अध्यक्ष के .पी ओलीले एक-दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन्। उनले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने विश्वास व्यक्त गरे। केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने दाबी गरे। उनले संबिधान निर्माण पछी मुलुक सम्रिद्ध र लोकतन्त्रको संस्थागत बिकास तर्फ अगाडि बढ्ने दाबी पनि गरे।

}