बुधबार दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको कडा भूकम्पपछि विहीबार फेरि दुई वटा पराकम्पन महशुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार विहीबार दिउँसो २ बजेर ११ र २ बजेर ५७ मिनेटमा अलग–अलग जिल्लामा पराकम्पनको धक्का महसुस गरिएको हो।

२४ घण्टापछि आएको पराकम्पनको पहिलो धक्का दोलखामा ४ दशमलव २ रेक्टर स्केलको महसुस भएको थियो। दोस्रो पराकम्पन नुवाकोटलाई केन्द्रविन्दु बनाएर २ बजेर ५६ मिनेटमा ४ रेक्टर स्केलको रहेको मापन केन्द्रले जनाएको छ। यसअघि काठमाडौंलाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो २ बजेर ४७ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प महसुस गरिएको थियो।

}