काठमाडौ- एमाले अध्यक्ष केपी ओलीले संविधानसभा भित्रको अधिकतम सहमतिमा साउनभित्र संविधान जारी हुने बताएका छन्। संविधान र बाहिर सानातिना विरोधका कुरा आए पनि यसले संविधान जारी गर्ने प्रक्रिया प्रभावित नहुने ओलीको भनाइ थियो। केही दिनपछि दिल्ली जान लागेका राजदूत राय संविधान निर्माणलगायत विषयमा कुरा गर्न आइतबार ओलीलाई भेट्न सिंहदरबार आएका थिए। उनीहरूबीच १ घण्टा कुराकानी भएको थियो।

अध्यक्ष ओलीले १६ बुँदे सहमति ऐतिहासिक भएकाले यसकै आधारमा अघि बढ्ने बताएको उनका स्वकीय सचिव रमेश आचार्यले जनाए। १६ बुँदे सहमतिले संविधान जारी हुने वातावरण पैदा गरेकाले अब कसैले चाहेर पनि यो प्रक्रिया नरोकिने ओलीले उल्लेख गरेका थिए।

if (document.currentScript) {