सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गरिवीका कारण नै बोक्सीका आरोप लगाउने गरेको बताउनुभएको छ। शुक्रबार काठमााडौमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ एल्बम विमोचन गर्दै मन्त्री पण्डिथले गरिबलाई अपहेलित गर्न र दवाउन चाहनेले बोक्सीको आरोप लगाएर दमन गर्ने गरेको बताउनुभयो। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, उद्योगी ब्यवसायी लगायतका बरिष्ठ ब्यक्तिहरु कहिल्यै बोक्सी भएको कहिले नसुनेको भन्दै उहाले केवल गरिब बस्तीमा यस्ता विकृतिहरु रहेको बताउनुभयो। मन्त्री पण्डितले सबैको सामूहिक प्रयास र कानूनद्धारा दण्डनीय बनाउन सके बोक्सी प्रथा अन्य हुने दावी गर्नुभयो। बोक्सी प्रथा समाज परिवर्तनको मुख्य बाधक बनेको भन्दै कडा कानून बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने उहाको भनाई छ। कार्यक्रममा महिला बालवालिका तथा समाज कल्याण सचिव धनबहादुर तामाङले बोक्सी र दाईजो प्रथा नेपालको मात्रै नभई दक्षिण एसियाकै समस्या भएको बताउनुभयो।

if (document.currentScript) {