भूकम्पमा परि निधन भएकाको आत्माको चिर शान्ति तथा घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दे डोल्पा समाजले आईतबार काठमाडौंमा शान्ति पुजाको आयोजना गरेको छ। डोल्पा समाजका अध्यक्ष लामा निमा रेन्पोछेको नेतृत्वमा सय भन्दा बढि लामा गुरुहरुले बौद्धनाथ परिसरमा पुजापाठ गरेका हुन्। त्यस्तै नेपालमा कुनै पनि बिपत्ती नपरोस भन्ने उदेश्यका साथ पुजा आजा गरिएको निमा रेन्पोछेले जानकारी दिनुभयो। लामा गुरुहरुले लगातार ४९ दिन सम्म पुजापाठ गरिएको र स्वस्तीशान्तिका लागी आगामी दिनमा पनि निरन्तर पूजाको आयोजना गरिने रेन्पोछेको भनाई छ। समाजले माथिल्लो डोल्पाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा छात्रवृद्धि उपलब्ध गराउनका साथै पर्यटन विकास र गुम्बा निर्माणमा विशेष योगदान पु¥याउँदै आएको छ। यसअघि समाजले प्रधानमन्त्री दैवी उद्धार कोषमा पनि सात लाख सहयोग गरेको थियो।

if (document.currentScript) {