भाडावाल सरोकार समाज नेपालले भूकम्प पिडितहरुलाई राहत बितरण कार्य सुरु गरेको छ। समाजले राहतको पहिलो चरणमा ललितपुरको जावलाखेलको खेल मैदानमा रहेका भूकम्प पिडितहरुलाई राहत बितरण गरेको हो। समाजले झुल, चिउरा, बिस्कुट लगाएतका राहत सामाग्री बितरण गरेको जनाएको छ। त्यस्तै समाजले पहिलो चरणको कार्यक्रमलाई केहि दिन जारी राख्दै दोश्रो चरणको राहत बितरण कार्यक्रम सुरु गर्ने समाजका अध्यक्ष जित जंग बस्नेतले जानकारी दिनुभयो।

यसैबिच समाजले भूकम्पबाट प्रभावित भाडावालहरुको लगत लिई भूकम्प पिडित परिचय पत्रका साथ पुर्नस्थापना गर्न माग गरेको ट। त्यस्तै समाजले डेरा कोठाको भाडा दर बैज्ञानिक रुपले निर्धारण गरिनुपर्ने , डेरा भाडाको कम्तीमा तीन महिनाको भाडा छुट गर्न समेत माग गरेको छ।