मुख्य चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले राजनीतिक गतिरोध तोडेको भनेर प्रशंशा भैरहेकाबेला संविधानसभाको चौथो ठूलो राजनीतिक शक्ति राप्रपा नेपालले भने सर्वसत्तावादलाई संस्थागत गरेको भन्दै विरोध गरेको छ। निश्चित र स्पष्ट बैचारिक एवं दार्श्निक आधार विना चार दलका शीर्ष नेताहरुले गरेको सम्झौताले संबिधानसभामा बहस र निर्णयको औचित्य समाप्त पारेको राप्रपा नेपालले जनाएको छ। मंगलबार संबिधानसभा बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दे राप्रपा अध्यक्ष कमल थापाले १६ बुदे सहमतिले अन्य दलहरुको भावना र एजेण्डालाई तिरष्कार गरेको र सर्वसत्तावादलाई संस्थागत गरेको आरोप लगाउनुभयो। सनातन हिन्दराष्ट्र, संवैधानिक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीलाई पूर्णतया निषेध गर्ने ढंगबाट भएको सम्झौताको थापाले खेद व्यक्त गर्नुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);