काठमाडौँ : गृहमन्त्री रमेश लेखकले राजीनामा दिने मनस्थिति बनाएका छन् ।
सोमवार जेनजीको प्रदर्शनमा काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु र ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका हुन्।
कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेपछि कांग्रेस सभापति देउवा त्यसमा मौन बसेका थिए।
तर गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएका एक नेताले जानकारी दिए। मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नरोकेको खण्डमा भने उनले राजीनामा दिनसक्ने बताइएको छ।






