नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसका अवसरमा युवा संघ नेपाल केन्द्रिय कमिटिले काठमाडौको बसन्तपुरमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा एमाले उपाध्यक्ष बिद्यादेवी भण्डारी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सरसफाई गर्दे भण्डारीले बिपतको अबस्थामा सबैले हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

स्थापना दिवसको रजत महोत्सवमा उद्धार ,राहत ,पुवर्वास र पुननिर्माणमा युवा संघ नेपालका सम्पुर्ण नेता तथा सम्पुर्ण कायकर्तालाई २०७२ साल भरी भुकम्प पिडितको सहयोगार्थ खटाईने जनाईएको छ। यसैबिच नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गर्नुभएको छ। युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा सन्देश दिँदै उहाँले भूकम्पबाट उत्पन्न प्राकृतिक विपत्तिका बेला अत्तालिएर नभई सबैलाई हौसला दिई जनताका साथमा काममा लाग्न आग्रह गर्नुभयो। विसं २०४७ आजकै दिन ओलीकै अध्यक्षतामा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका नामबाट सङ्घको स्थापना भएको थियो। प्ररायुसङ्घ र युवा सङ्घको नेतृत्व केशव स्थापित, उदयराज पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतले गरिसक्नुभएको छ।

} else {