भुकम्पबाट ध्वस्त संरचनाको पुर्न निर्माणको लागि आगामि शनिवार रन फर नेपाल नामक दौड कार्यक्रम गरिने भएको छ। यूवा सञ्जाल, वाईएसपी नेपाल रामेछाप र ह्वाईट जोन नेपाल नामका सस्थाले आयोजना गर्ने सो कार्यक्रम शनिवार विहान ७ बजे पाटनको दरवार क्षेत्रबाट सुरु भई पाँच किलोमिटरको यात्रा पुरा गर्दै बसन्तपुर क्षेत्रमा आएर टुङगिने छ।

बुधवार काठमाडौमा आयोजित कार्यक्रममा यूवा सञ्जालका संयोजक बुसन पीकेडी प्रसाईले दौडबाट उठ्ने रकम भुकम्पबाट ध्वस्त संरचनको पुनःनिर्माणमा खर्च गरिने बताउनुभयो। उहाले यस्तै प्रकारको दौड अघिल्लो शनिवार अमेरिकामा र मे ३१ मा बेलायतमा सम्पन्न भएको जानकारी दिदै दौडमा सहभागि हुने ले दिने शुल्क र टिसर्ट विक्रीबाट आउने रकम पुर्ननिर्माणमा खर्चिर्ने बताउनुभयो। वाईएसपी नेपालका हिमाल महतले भुकम्पमा परि दिवंगत भएकाहरुको सम्झना तथा भुकम्प पश्चात उद्दार, राहत तथा पुनस्थापना संलग्नहरुको सम्मान गर्दै पुनःनिर्माणको लागि सहयोग जुटाउन रन फर नेपाल नामक कार्यक्रम गर्न लागेको बताउनुभयो।

ह्वाईटजोन नेपालका निरज खड्काले अहिलेसम्म तीन हजार भुकम्प पीडितहरुलाई त्रिपाल सहित राहत सामग्री उपलब्ध गराएको जानकारी दिदै सरकारको पुर्ननिर्माणमा सहयोग गर्न कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो।