मुलुकमा आईपरेको बिपत्तीसंग जुध्न र थप बिपत्ती खेप्न नपरोस भन्ने उदेश्यले काठमाडौको कोटेश्वर स्थीत नरेफाटमा एक दिने महायज्ञको आयोजना गरेको छ। स्थानिय बासिन्दाहरुले शान्तिको कामना र बिपत्तीमा परि ज्यान गुमाएकाको आत्माको चिरशान्तिका लागी महायज्ञको आयोजना गरिएको जनाएका छन्। महायज्ञमा व्राह्मणहरुले बिशेष पुजापाठ गरेका थिए । बिपत्तीलाई कसैले रोक्न नसक्ने भएपनि शान्तिका लागी पुजाआजा गरिएको स्थानियहरुको भनाई छ। महायज्ञमा नेपालका ख्यातीप्राप्त कलाकारहरु मदनकृष्ण श्रेष्ठ , राजाराम पौडेल, किरण केसी , जितु नेपाल , शिवहरी पौडेल लगाएतको सहभागी थियो । भूकम्पपछि मुलुकभर पुजापाठको आयोजना भईरहेको छ।