महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको

महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । तर ट्याक्सीहरुले धेरै भाडा असुलेको सर्वसाधारणले गुनासो गरेका छन् ।