लामो समयदेखि रोकिएको उपत्यकाकै लामो रातो मछिन्द्रनाथको रथजात्रा पुनः सञ्चालन गर्नका लागि बुधबार स्वस्तिशान्ति पूजा गरिएको छ। पुजारी कमल बज्राचार्यका अनुसार जात्रा सुरु भइरहेको समयमा विभिन्न कारणले गर्दा रथजात्रा रोक्नुपरेमा पुनः सञ्चालनका लागि र बाँकी दिनमा निरन्तर सुचारु गर्न पाइयोस् भनी पूजा गर्ने प्रचलनअनुसार पानेजुले पूजा सम्पन्न गरेका हुन्। यस वर्षका लागि गत वैशाख ६ गते रथारोहण गरी वैशाख ९ गतेदेखि रथजात्रा सुरु गरेकोे भए पनि वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारणले गर्दा जात्रा स्थगित भएको थियो।

पूजा रथ रहेको स्थान छ्यासिकोटमा सम्पन्न भएको हो । बिहानदेखि सुरु गरिएको पूजा केही समय अघिमात्र समापन भएको हो। पूजा गरिसकेपछि रथ तान्न सुरु गरिने भनिए पनि कहिलेदेखि सुरु गर्ने भन्ने यकिन भएको छैन। यस वर्ष असार २ गतेदेखि मलमास परेकाले असार २ गतेसम्ममा पुल्चोकसम्म ल्याउने निर्णयसमेत भइसकेको रथ निर्माणकर्मी दीलकुमार बारहीले जानकारी दिनुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);