,

भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १८८ पुग्यो

Bimala Sene Avatar

एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो ।

राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन् ।

स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएका बीबीसीले जनाएको छ । घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search