नेपालमा गएको महाभूकम्पपछि राजधानीका अधिकांश घरहरुमा क्षती पुगेको छ।

केहि घरहरुमा पूर्ण रुपमा क्षती पुगेको छ भने अधिकांश घरमा बस्ने नहुने गरि क्षती भएको छ। त्यस्तै भूकम्पबाट राजधानीका भित्री गल्लीहरुमा रहेको घरमा क्षती भएपछि त्यहाबाट हिड्ने पैदलयात्रीलाई पनि असर परेको छ। अघिकांश घरहरुमा टेको लगाएर राखेका कारण आफुहरुलाइ असर परेको स्थानियहरुले जनाएका छन्।

स्थानिय क्षती पुगेका घरमूलीहरुले भने घर भत्काउदा अन्य घरहरुलाइ पनि असर पुग्ने भएकाले बिस्तारै भत्काउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);