काठमाडौंको साँखुमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको । संखरापुर नगरपालिका ११ की माया विष्ट भूकम्पले भत्काएको घरमा रहेका समानहरु लिन शनिबार बिहान घरभित्र छिर्नुभएको थियो ।