बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उद्दार टोलीले भूकम्पले भग्नावशेष बनाएका स्थानमा गएर उद्दारको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन्। गृहमन्त्रालयले दिएको पछिल्लो जानकारीबाट भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार पाँच सय ५७ पुगेको छ।

}