उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले मनसुन अगाबै सबै भूकम्पपीडित नेपालीलाई अस्थायी आवास बनाउने कार्यमा सरकार जुटेको बताउनुभएको छ। शुक्रबार ललितपुरको हरिसिद्धिमा भूकम्पबाट भएको क्षतीको निरिक्षण गर्नपुग्नुभएका मन्त्री सिंहले भूकम्पपछि खोजी र उद्धारका काम सकिएको र अब राहत तथा पुनःस्थापनाका काममा सरकार केन्द्रित रहेको जानकारी दिनुभयो।

उहाँले अब आरम्भ हुने पुनःस्थापना र पुनःनिर्माणलाई परिणाममा पु¥याउन सबैले आआफ्नो स्थानबाट प्रयास गरिरहेको पनि बताउनुभयो। उहाले पिडितहरुलाई राहत र पुर्नस्थापनामा सरकार लागी परेको उल्लेख गर्नुभयो। अहिले भूकम्प पिडितहरु र क्षतीको बिबरण संकलन कार्य भईरकेको र आफु पनि बिभिन्न स्थानमा पुगी क्षतीको जानकारी लिएको उहाको भनाई छ। मन्त्री सिंहले स्थानियहरुसंग कुरा गर्दे क्षर्तीको मुल्याङ्कन गर्दे राहत दिने बताउनुभएको थियो।

}