भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन

राष्ट्रपति डाक्टर रामवरण यादवले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन गर्नुभएको छ। राष्ट्रपति यादवले क्षतिग्रस्त बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय, त्रिवि केन्द्रीय पुस्तकालयलगायतका स्थानमा भएको भौतिक क्षति सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो।

अवलोकनका क्रममा राष्ट्रपतिसँगै शिक्षा मन्त्री एवम् विश्वविद्यालयकी सहकुलपति चित्रलेखा यादव, शिक्षा सचिव विश्वप्रकाश पण्डित, विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जन, निमित्त रजिस्टार देवराज अधिकारीलगायतको सहभागिता रहेको थियो। अवलोकनपश्चात् राष्ट्रपति डाक्टर यादवले देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयमा भूकम्पले धेरै भौतिक क्षति गरे पनि विश्वविद्यालयका नियमित काम कारबाहीलाई वैकल्पिक उपाय अवलम्बन गरी सुचारु गर्न विश्वविद्यालय सम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभयो। विश्वविद्यालयको पात्रो नबिग्रने किसिमले यथाशक्य चाँडो विश्वविद्यालयका कामलाई सुचारु गर्नुपर्नेमा उहाँको जोड थियो।

विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले भूकम्पले विश्वविद्यालयमा धेरै क्षति पु¥याएको र यसको पुनःनिर्माणका लागि विश्वविद्यालयले आन्तरिक कोष तयार गरी काम अघि बढाउने योजनामा रहेको जानकारी गराउनुभयो। उहाँले विश्वविद्यालयबाट रु १५ करोड अक्षय कोष राखी पाँच दिन बराबरको तलब कट्टा गरी पुनःनिर्माण कोष निर्माण गर्न लागिएको जानकारी गराउनुभयो।

}