,

भारतको जन्तरमन्तरबाट ७०० भन्दा धेरै प्रदर्शनकारी पक्राउ

Bimala Sene Avatar

काठमाण्डौ – भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । 

राजधानी दिल्लीको जन्तरमन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोज जनता पार्टी (सीजेपी)ले आन्दोलन शुरु गरेको हो । यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए । 

प्रदर्शनमा आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन् । आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ । प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् । 

उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search