बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनबाट क्षती भएको भक्तपुरका भग्नावशेष हटाउने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरले सञ्चारकर्मीहरुसंग कुरा गर्दे भक्तपुरका भग्नावशेष हटाउने कार्य सुचारु भएको भन्दै भित्री गल्लीका बाटोहरु पनि खुलाईएको बताउनुभयो।

उहाले भक्तपुरका पिडितहरुला राहत बितरणको कार्य पनि जारी रहेको जानकारी दिनुभयो। उहाले सबै स्थानमा त्रिपाल पठाउन नसकिएपनि खाद्यान्न सामाग्रीहरु पठाईएको उल्लेख गर्नुभयो। यसका लागी बिभिन्न संघसंस्थाहरुको सहयोग लिाईरहेको उहाले बताउनुभयो। जिल्लामा अव केहि संख्यामा मात्र घाईतेहरु रहेको उहाको भनाई छ। भक्तपुरमा भूकम्पका कारण तीन सय २७ रहेको प्रशासन कार्यालयले जनाएको छ।