काठमाडौँ । ब्रिटिस गोर्खा तथा तिनका सन्ततिको नेपाली वंशजको नागरिकता निरन्तरताका विषयमा नेपालमा गोष्ठी हुने भएको छ । ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा असोज ११ गते आइतबार उच्चस्तरीय राजनीतिक तथा प्राज्ञिक गोष्ठी हुनेछ ।
कन्टिन्युएसन अफ सिटिजनसिप फर ब्रिटिस गोर्खाज (CNCBG) को आयोजना तथा भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो ।
गोष्ठीमा राजनीतिक दलका प्रतिनिधि, प्राध्यापक, कानुनविद्, सञ्चारकर्मी तथा गोर्खासम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । गोष्ठी बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।







