बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रका लागी १० मिलियन स्टलिङ पाउण्ड सहयोग गर्ने भएको छ। बुधबार प्रधानमन्त्री निबास बालवाटारमा प्रधानमन्त्री सुशील कोईरालासंग भेट गर्दे बेलायत सरकारका अन्तर्रा्ष्ट्रिय विकास सम्बन्धी सचिव जस्टिन ग्रिनिङले भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागी उक्त रकम सहयोग गर्ने प्रतिवद्धता जनाएको हो।

नेपालमा भूकम्पले बिभिन्न क्षेत्रमा प्रभाव पारेको भएपछि स्वास्थ्य क्षेत्र महत्वपूण रहेको भन्दै सहयोग गर्ने सचिव जस्टिन ग्रिनिङ उल्लेख गर्नुभयो। त्यस्तै भेटमा ग्रिनिङले भूकम्प प्रभावितको राहत तथा पुननिर्माणका क्षेत्रमा भैरहेका पहल बारे जानकारी लिनुभएको थियो। त्यसैगरी मनसुन सुरु हुनुभन्दा अघि गरिने व्यवस्थाका बारेमा पनि उहाँले चासो राख्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाका डाक्टर दिनेश भट्टराईले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री कोईरालाले नेपालको बिपतमा भएको सहयोगको प्रसंसा गर्नुभएको थियो । उहाले नेपालमा पुर्ननिर्माणको कार्य सम्पन्न भई लगानीको वाताबरण निर्माण हुने बताउनुभएको थियो।