भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले दलिय स्वार्थभन्दा माथि उठेर राहत तथा पुर्ननिर्मााणको कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। काग्रेस निकट नेपाल ट्रृड युनियन जिल्ला कार्य समिति रामेछापले रामेछापमा गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री निधीले मुलुक नै बिपत्तीमा परेको अबस्थामा सबै एक ठाउमा रहेर राहत तथा पुर्ननिर्मााणको काममा जुट्नुपर्ने बताउनुभएको हो।

उहाले सरकारले कुनै भेदभाव नगरि सबैतिर राहत र पूननिर्माणका कार्य जारी राखेको उल्लेख गर्नुभयो। मन्त्री निधीले सरकारले पूनर्निमाणका लागी राहत रकम समेत बितरण गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा स्थानियहरुले सरकारले दिएको राहत रकम बढाएर ५० हजार बनाउनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा मन्त्री निधीले जिल्लामा भईरहेको राहत बितरणका बिषयमा पनि जानकारी लिनुभएको थियो।

} else {