भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले सरकारले उच्च जोखिममा रहेका मानवबस्तीलाई सुरक्षित स्थानमा स्नानन्तरण गर्ने सोच बनाएको बताउनुभएको छ। मन्त्री निधीले सो कुरा सिन्धुपाल्चोकको बाह््बिसेमा महेन्द्र नारायण निधि अस्पताल र आई एम विथ नेपाल नामक बेलायती संस्थाले आयोजना गरेको राहत बितरण कार्यक्रममा बताउनुभएको हो। मन्त्री निधीले जस्तो सुकै बिपत्तीको सामना गर्नका लागी सरकारको प्रयासमा जनताको साथ चाहिने बताउनुभयो। उहाले भूकम्प प्रभाबित भएका जिल्लामा अवरुद्ध भएका सडक खुलाउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा काग्रेस सभासद मोहन बस्नेतले सिन्धुपाल्चोक जिल्लामा आइपरेको बिपत्तीमा कुनै पनि जनतालाई भोकै नराख्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो। शिविरमा सिन्धुपाल्चोकका गाती गाबिसका बासिन्दालाई खाद्यान्न पाल र निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। उक्त अबसरका मन्त्री निधीले उक्त क्षेत्रमा भूकम्प भएको क्षतीको निरिक्षण समेत गर्नुभएको थियो।

if (document.currentScript) {