गत वैशाख १२ गते र त्यसपछि गएका विनाशकारी भूकम्पमा मृत्यु भएकाको आत्माको शान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिभिन्न मन्दिहरुमा क्षमा पुजा आजा भईरहेका छन्। यसैक्रममा काठमाडौँको दक्षिणी भेगको चोभारस्थित आदिनाथ मन्दिरमा आज क्षमा पूजा गरिएको छ।

भूकम्पबाट अकालमा मृत्यु भएकाको चिरशान्ति र भूकम्पबाट रक्षाका लागि देवीको विशेषपूजा तथा फेरि नेपालले भूकम्पजस्तो प्राकृतिक प्रकोपको सामना गर्न नपरोस भन्ने कामनासहित विधिपूर्वक सो पूजा गरिएको बताईएको छ।

मन्दिरमा गत वैशाख १२ गते आएको भूकम्पले सामान्य क्षति भए पनि त्यहाँ पूजाआजा निरन्तर चलिरहेको छ । त्यसपछि पटक पटक आएका पराकम्पनले सो मन्दिरसमेत जोखिममा परेको छ । त्यस्तै काठमाडौ ललितपुर भक्तपुर लगाएत देशैभरी क्षमा पुजा भईरहेको छ ।

if (document.currentScript) {