नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले सोमबार सुर्यबिनायक नगरपालिका ११ स्थित काक्राबारीमा राहत साम्रगी वितरण गर्नुभएको छ। उहाँले काक्राबारीका दुई परिवार बराबर एक बोरा चामल र प्रति परिवार एक पाकेट नुुन वितरण गर्नुभएको हो। वितरणपछि बोल्दै महासचिव विप्लवले विपद्को बेलामा सबैलाई आफूले सक्ने ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले १७ जिल्लामा ५ हजार स्वयमसेवक परिचालन गरि घर टहरा निर्माण गर्न तथा पाल खाद्यान्न उपलब्ध गराई दिन आफ्नो पार्टी लागेको बताउनुभयो। चिनियाँ नागरिक झाङ्गले उक्त राहत साम्रगी सहयोग गरेको नेकपा माओवादी भक्तपुरले जनाएको छ। सो कार्यक्रममा काक्राबारीका २ सय घरधुरीलाई राहत वितरण गरिएको थियो।