नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले ताप्लेजुङ पहिरोमा परेकाको उद्धार र सहयोगमा जुट्न पार्टीको पूर्वी ब्युरोलाई निर्देशन दिनुभएको छ। महासचिव चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण पार्टी पंङ्तीलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह गर्नुभएको छ। उहाँले ताप्लेजुङको पहिरोमा परी मृत्यु हुनेमा श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

}